सत्यसाई मार्केटिङ सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि तप्त युवाक्लबलाई
		
	
नुवाकोट । सत्यसाइ मार्केटिङ प्रालिको आयोजना र नुवाकोट क्रिकेट संघको सह– आयोजनामा भएको पहिलो सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि तप्त युवा क्लबले जितेको छ ।
च्वाडी पब्लिक माबिको खेल मैदानमा भएको फाइनलमा तप्त युबा क्लब देबिघाटले पिप्लेफाँट युबा क्लब ढिकुरेलाई ३ रनले पराजित गरि उपाधि उचालेको हो ।
टस जितेर ब्याटिङ्ग रोजेको तप्त युबा क्लबले ५ ओभरमा १ विकेटको क्षेतिमा ९० रन बनाएको थियो । उसका लागि पवन राईले ३४ रनको योगदान गर्दा राजेश रिमालले ३१ बनाएका थिए ।
९१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पिप्लेफाँट युबा क्लब ढिकुरेले ५ ओभरमा सबै बिकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो । पिप्लेफाँटको तर्फबाट आशिक नेपालीले सर्बाधिक ३७ रन बनाउनुवाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
प्रतियोगिताको विजेता टिम तप्त युवा क्लबले ८ हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता पिप्लेफाँट युबा क्लबले नगद ४ हजार रुपैयाँ पायो ।
 प्रतियोगिताको उत्कृष्ट खेलाडी तप्त युवा क्लबका खेलाडी राजेश रिमाल घोषित भए ।
प्रतियोगताको विजेता तथा उपविजेतालाई सत्यसाइ मार्केटिङका प्रबन्धक जोनि जेके र नुवाकोट क्रिकेट संघका सस्थापक अध्यक्ष केशब मिश्र लगायतले ट्रफि प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगितामा ८ ओटा क्लबको सहभागिता रहेको नुवाकोट क्रिकेट संघका कोषाध्यक्ष बिराटमान सिंह डङ्गोलले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन





प्रतिक्रिया