सत्यसाई मार्केटिङ सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु हुँदै

विदुर खबर २०७९ माघ २८ गते ८:५९

नुवाकोट । सत्यसाई मार्केटिङको आयोजना तथा नुवाकोट क्रिकेट संघको सह–आयोजनामा आज सत्यसाई सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।

Advertisement

च्वाडी पब्लिक माविको खेलमैदानमा हुने खेल विहान १० बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । ८ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको फाइनल समेत आजै हुने आयोजकले जनाएको छ।

Advertisement

 

प्रतिक्रिया