बट्टारमा भएको खुल्ला दौडको उपाधि दिया र दिपकलाई

विदुर खबर २०७९ माघ २६ गते १२:३१

नुवाकोट । ७ औं नुवाकोट महोत्सवको अबसरमा पुर्व सन्ध्यामा आयोजित खुल्ला दौड प्रतियोगिताको उपाधि महिलातर्फ दिया लामा र पुरुषतर्फ दिपक घलेले हात पारेका छन् ।

Advertisement

नुवाकोट जिल्ला फुटबल संघ र नुवाकोट उधोग बाणिज्य संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा आज विहान सम्पन्न भएको हो । महिलातर्फ सुप्रिया श्रेष्ठ दोस्रो पार्वती प्रधान तेस्रो भइन भने अस्मिना डंगोल चौथो र स्मृति डंगोल पाँचौ हुन सफल भइन् ।

यस्तै पुरुषतर्फ सुजन तामाङ दोस्रो हुँदा संजोक कोइराला तेस्रो सन्तोष थापा चौथो र समित तामाङ पाँचौ हुन सफल भए ।

Advertisement

नुवाकोट आर्द्श बहुमुखी क्याम्पस बट्टारबाट शुरु भएको दौड त्रिशुली पुलसम्म पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोसोलाई ५ हजार तथा तेस्रो हुनेलाई ३ हजार र चौथो र पाँचौ हुनेलाई एक÷एक हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Advertisement

प्रतियोगिताको विजेताखेलाडीहरुलाई नुवाकोट महोत्सवमा पुरस्कार वितरण गरिने नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतियोगितामा २७ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया