स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः अर्यालको सुरुवाती अग्रता
नुवाकोट । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता लिनुभएको छ । उहाँले हालसम्म २ हजार छ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २ हजार २ सय चार मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय दुइ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।
विगत १० दिनदेखि रोकिएको स्याङ्जा क्षेत्र नं २ को मतगणना हिजोदेखि सुरु भएको हो । निर्वाचन आयोगले मतगणना गर्न दिएको निर्देशनअनुसार मतगणना सुरु भएको हो । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन ।
चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया