नौबिसे–धार्के सडकखण्ड पिच भयो
नुवाकोट । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको छ ।

नौबिसे–मलेखु र मलेखु–मग्लिन सडकखण्डमा करिब चार सय मजदुरहरु खटिएर काम गरिरहेका छन् । शनिबार मात्रै नौबिसे–मलेखु सडक खण्डको धार्के क्षेत्रमा कालोपत्रे गरिएको छ । तीन किलोमिटर बेस फाइनल गरेर कालोपत्रे गरिएको हो । घाटबेसी क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छ ।
दोस्रो प्याकेजको ४३.५ किलोमिटरमध्ये पिच गर्नका लागि खनिएको नौ किलोमिटर थियो । पुरानो पिच नखनिएको १० किलोमिटर जति छ । पश्चिम एसियामा जारी युद्धको कारण अत्यधिक मूल्यवृद्धि भएको र कच्चा पदार्थसमेत आयात गर्न नसकिएका कारण काम रोकिएको थियो ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूल्य समायोजन गर्ने आश्वासन दिएपछि र स्थानीय पालिकाहरुबाट निर्माण सामग्री प्रबन्ध मिलाउन सहजीकरण गरेपछि निर्माण व्यवसायीले काममा गति दिएका हुन् ।
मन्त्री लम्साल आज आफैं सडकको अवस्था बुझ्न धादिङ जाँदैछन् ।


अहिले धेरै उकालो रहेको तथा सवारीका लागि अप्ठ्यारो रहेको ठाउँ र बजार क्षेत्रमा पहिला पिच गरेर सहज ठाउँमा क्रमागत रुपमा गर्ने गरी काम भइरहेको निर्माण व्यवसायीको भनाइ छ ।
नौबिसे–मलेखु सडकखण्डमा हाल ६० प्रतिशत भौतिक प्रगति भइसकेको शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले जानकारी दिए ।
उनका अनुसार मलेखु–नौबिसे खण्डमा करिब २०० जना मजदुर र मलेखु–मुग्लिन खण्डमा करिब १८० मजदुरलाई काममा खटाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया