रसुवामा मतगणना सुरु
विदुर खबर
२०७९ मंसिर ५ गते २०:५६


अहिले गोसाइकुण्ड गा.पा ६ गाउफर्क राष्ट्रिय प्रा वि बोकेझुण्डा , रसुवा मा वि (क ), उत्तरगया गा.पा चिप्लेटि सल्लेटार (ख )र डाडागाउ (ख ) को जम्मा २६५६ मत गणना सुरु भएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभाका लागि १० जना र प्रदेशसभा क्षेत्र १ मा ८ र प्रदेशसभा क्षेत्र २ मा ८ जना गरि २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
बाम गठबन्धन र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका मोहन आचार्य र नेकपा एमालेबाट छोवाङ तेन्जिङ तामाङ उम्मेदवार छन ।
सम्बन्धित
प्रतिक्रिया