रसुवाका १ सय ७४ घरधुरी अझै शिविरमा

विदुर खबर २०७९ कार्तिक २३ गते १२:०९

रसुवा । रसुवाको उतरगया गाउँपालिका तिरूँ गोगनेका १ सय ७४ घरधुरि भूकम्पका कारण विस्थापित भई अझै शिविरमै बसोबास गरिरहेका छन् । उतरगया ५ खाल्टेमा शिविरमा बसेको सात वर्ष भयो जस्ताको त्यस्तै छन् ।

Advertisement

विस्थापित छेकु लामा भन्छन्, ‘चुनाव लागेका बेला नेता आउँछन् तपाईँहरूलाई सहयोग गर्छौँ भन्नहुन्छ तर चुनाव सिद्धिएपछि अत्तोपत्तो छैन ।’

गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो शीत चुहिने बर्खामा त्रिशूली नदी बढेर शिविर नै बगाउने हो कि भन्ने डर महिला, बालबालिका किशोरी वृद्धाहरू समेत डरको पोको बोकेर बाचिरहेको अवस्थामा चुनाव लागेपछि मात्रै देखिने नेताहरू आश्वासनको पोको बोकेर मात्रै आउने गरेको विस्थापित लामाको गुनासो छ ।

Advertisement

सुरक्षित आवासको प्रतीक्षामा रहेका खाल्टेका भूकम्प पीडितहरू टहरो हालेर बसेका छन् । चुनाव जितेर गएपछि गुमनाम हुन्छन्, अहिले चुनाव आउने वेलामा नेताहरू हाम्रो वस्तिमा आउँदै हामीलाई भोट हाल्नुस् तपाईँहरूको समस्याको समाधान हुन्छ भन्छन् अर्का पीडित मेन्जोङ तामाङ बताउँछन् ।

आफ्नो थातथलो छोडेर विस्थापित जीवन बिताउनुको पीडा त छदै छ नेताहरूको चुनावी एजेन्डा हामी पीडित वनेका छौ अर्का भूकम्प पीडित महिला बुद्धि तामाङले बताए ।

Advertisement

जब २०७२ साल वैशाख १२ गते भूकम्प गयो हामीलाई आफ्नो थातथलोमा बस्न नमिल्ने गरी भत्केपछि सुरक्षित ठाउँको खोजिमा खाल्टे बगरमा आएर टहरो हालेर बसेको पनि ७ वर्ष भयो ।

कहाँ जाने के गर्ने अझै टुङ्गो छैन नेता हरू हामीलाई आश्वासन त दिन्छन् तर पूरा गर्दैन । भन्ने गर्छन् खाल्टेमा रहेका भूकम्प पीडित दुख सुख गरेर त बसेका छौ हामी सुरक्षित आवास कहिले बनेर आफ्नै थातथलो फर्किने आसमा बसिरहेको लामा बताउँछन् ।

प्रतिक्रिया