रसुवामा मदिरा विक्री वितरणमा रोक

विदुर खबर २०७९ कार्तिक २३ गते १०:४५

रसुवा । रसुवामा निर्वाचन अवधिभर मदिरा विक्रिवितरण गर्न राेक लगाईएकाे छ ।

Advertisement

भयरहित,निष्पक्ष,शान्तिपुर्ण वातावरणमा निर्वाचन गराउन साेमवार देखिनै लागु हुने गरि मदिरा बिक्री वितरण गर्न नपाईने वताईएकाे छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले सुचना जारि गर्दै निर्वाचन आचार संहिता कडाईका साथ पालना गराउन,मदिरा विक्रिवितरण तथा सेवन कार्य गर्न नगराउनुका साथै नियमविपरीत मदिरा बिक्री वितरण गरेकाे पाईएमा प्रचलित कानुन वमाेजिम कारवाही गरिने वताईएकाे छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी नवराज जैसिले सुचना जारि गर्दा गर्दै अटेर गरि नियम लाई पालन नगरि मदिरा विक्रि गरि सेवन गरेर चुनाव अवधि भर हाेहल्ला गरेकाे थाहा पाईएमा कडाईका साथ कारवाहि हुने बताए

प्रतिक्रिया