नुवाकोट युनाइटेडको विजयी शुरुवात

विदुर खबर २०७९ असोज ३१ गते २२:०६

नुवाकोट । काठमाण्डौमा जारी शहिद स्मारक ‘सी’ डिभिजन लिगको छनौट खेलमा नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लबले विजयी शुरुवात गरेको छ ।

Advertisement

प्रतियोगिता अन्तर्गत समुह (ओ) को पहिलो खेलमा नुवाकोट युनाइटेड फुटवल क्लवले विजयी शुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सोमबार भएको खेलमा नुवाकोटले च्याम्पियन्स वोेइज एफसीमाथि १–० गोल अन्तरको जित निकालेको हो ।

Advertisement

नुवाकोट युनाइटेड फुटवल क्लबलाई जित दिलाउन अजय वाइबाले खेलको ८४ औं मिनटमा गरेको गोल नै निर्णायक साबित भयो ।

जितसँगै नुवाकोट युनाइटेड फुटवल क्लबले ३ अंक हात पार्दे सुमहको शिर्ष स्थानमा उक्लिएको छ ।

Advertisement

प्रतियोगिता अन्र्तगत नुवाकोट युनाइटेड फुटवल क्लबले दोस्रो खेल आगामी कार्तिक ४ गते ईमाडोल युनिटि क्लब ललितपुरसँग खेल्ने छ ।

प्रतिक्रिया