रसुवामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा २९ जनाको उम्मेदवारी

विदुर खबर २०७९ असोज २५ गते १४:२६

नुवाकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि रसुवामा जम्मा २९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

Advertisement

प्रतिनिधिसभातर्फ आठ राजनितिक दल र तीन स्वतन्त्र गरी एघार जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभाका निर्वाचन क्षेत्र नं. ‘क’ मा आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा पनि आठ राजनीतिक दल र एक स्वतन्त्र गरी नौ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

उम्मेदवारहरू पार्टीका कार्यकर्ता लिएर र्‍याली गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । सता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका मोहन आचार्यले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

Advertisement

प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ मा सता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका प्रभात तमाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा सता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामेले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसले यसअघि निर्वाचितलाई पुनः उम्मेदवार बनाएको छ । तेस्तै नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे २०७४ को निर्वाचनमा प्रदेशसभा निर्वाचन क्षेत्र नं. खमा पराजित भएका थिए । उनी फेरि सता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘क’ मा नेकपा एमालेका तर्फबाट कुलप्रसाद भट्टले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा तेम्ब्रेल तामाङ उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

Advertisement

त्यस्तै रसुवामा नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा छुट्टै उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि शिवप्रसाद लामिछानेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ मा सनथ देवकोटा र ‘ख’ मा रामप्रसाद न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लागि साना दलहरूले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राप्रपाको तर्फबाट प्रतिनिधिसभामा टीकाप्रसाद देवकोटा प्रदेशसभा ‘क’ तर्फ महेशकुमार डंगोल र ‘ख’ तर्फ हरिप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट प्रतिनिधिसभामा विकास ग्लान, प्रदेशसभा ‘क’ तर्फ जितमान तामाङ र ‘ख’ तर्फ वाङदे घलले मनोनयन दर्ता गराएका छन् ।

नेमकिापाको तर्फबाट प्रतिनिधिसभामा रामेश्वर बासी प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ मा बाबुकाजी मकाजु र ‘ख’ मा तुल्सीराम ग्वाछाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा मिननाथ देवकोटाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी जनसमाजवादी पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभामा सृजना सुनुवारले मनोनयन दर्ता गराएकी छन् । प्रतिनिधिसभामा स्वतन्त्रबाट तीन जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कर्मा वाङदी तामाङ, रामशरण पौडेल र लीलाबहादुर न्यौपाने रहेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ तर्फ जनसमाजवादी पार्टी नेपालका कामी थोक्राले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तामाङसालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’ मा पाल्देन वाङदी तामाङ र ‘ख’ मा वाङजेन तामाङले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस (बीपी) का सारदाकुमार न्यौपानेले प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ र ‘ख’ मा एक-एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । ‘क’ मा सिदर याङजेन लामा र ‘ख’ मा चेलाम तामाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । रसुवा जिल्लामा प्रतिनिधिसभा निर्वाचन लागि १ र प्रदेशसभाका लागि २ वटा गरी ३ वटा क्षेत्र रहेको छ ।

प्रतिक्रिया