रसुवामा प्रतिनिधिसभामा कांग्रेसबाट मोहन आचार्य

विदुर खबर २०७९ असोज २३ गते ८:३२

नुवाकोट । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको छ ।

Advertisement

शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो । कांग्रेसले रसुवामा कांग्रेस केन्द्रिय सदस्य एंव निर्वतमान सांसद ईन्जिनियर मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका इन्द्र गौतम (जगतजङ) ले उम्मेदवारी दिने भएका छन् ।

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचनका गतिविधिहरु सुरु भइसकेका छन् । मुख्य दलले मनोनयन दर्ताका लागि तोकिएको समयावधिभित्रै मनोनयन दर्ता गराउने तयारी गरेको जनाएका छन् ।

Advertisement

हिमाली जिल्ला रसुवामा ३९ हजार ४ सय ५९ कूल मतदाता रहेका छन्। जसमा १९ हजार ३ सय ४० महिला मतदाता छन् भने २० हजार १सय १८ पुरुष मतदाता रहेका छन्।

प्रतिक्रिया