फेरि उम्मेदवार बन्न धमाधम बुझाउन थाले जरिवाना, कोही प्रदेश र कोही केन्द्रकाे तयारीमा
नुवाकोट । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गरेको खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले फेरि प्रदेश र केन्द्रको उम्मेदवार बन्न धमाधम जरिवाना रकम बुझाउन थालेका छन् । जरिवाना रकम बुझाउनेमा अधिकांश ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने तयारी गरिरहेकाहरू छन् ।
निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ५ जनाले जरिवाना रकम बुझाएका छन् । यसरी रकम बुझाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छन् । राप्रपाबाट सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाको प्रमुखकाे उम्मेदवार बनेका मुकुन्दश्याम गिरीले बिहीबार जरिवानाबापात ४ लाख ५० हजार रुपैयाँ बुझाएका छन् । निर्वाचनको अन्तिम परिणाम आएको ३० दिनभित्र खर्चको विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ । तर उनले समयमा विवरण नबुझाएपछि जरिवाना रकम तिरेका हुन् ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा फेरि उम्मेदवार बन्ने सम्भावना रहेकाले उनले जरिवाना रकम बुझाएका हुन् । ‘अस्वस्थ भएर समयमा खर्चको विवरण बुझाउन सकिएन । ढिला भएकाले आयोगले तोकेको जरिवाना रकम बुझाएको हुँ,’ उनले भने, ‘फेरि उम्मेदवार बन्ने सम्भावना छ ।’ जरिवाना रकम नतिरे उम्मेदवार बन्न नपाइने भएकाले उनले हतार हतार तिरेका हुन् । तर आयोगको निर्णय अपरिपक्व भएको उनको तर्क छ । ‘आयोगले साह्रै अन्याय गर्यो, पीडा भएको छ । गरिबले चुनावमा उठ्ने स्थिति भएन,’ उनले भने ।
झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए, राप्रपाकै अन्जरा आलम । उनले पनि जरिवानाबापत ३ लाख ५० हजार बुझाएका छन् । प्रतनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा परेकाले उनले जरिवाना रकम बुझाएका हुन् । ‘समानुपातिकमा परेको छु । राज्यले तोकेपछि जरिवाना तिर्नै पर्यो,’ उनले भने । सोही गाउँपालिकाको राप्रपाबाट उपाध्यक्षको उम्मेदवार बनेकी निमसरी राजवंशीले पनि जरिवानाबापत ३ लाख ५० हजार बुझाएकी छिन् । अलामका अनुसार निमसरी प्रदेशको समानुपातिकतर्फ परेकी छिन् ।
कैलालीको गोदावरी नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी राप्रपाकी खेमादेवी विष्टले पनि ४ लाख ५० हजार जरिवानाबापत रकम बुझाएकी छिन् । उनी कैलाली क्षेत्र नम्बर ४ को ख बाट समानुपातिकमा सिफारिस भएर सुदूरपश्चिम प्रदेशसभाकाे बन्दसूचीमा परेकी छिन् । ‘समानुपातिकको सूचीमा पार्टीले राखेको छ । कालोसूचीमा पर्ने भएकाले जरिवाना रकम तिरेकी हुँ,’ उनले भनिन् ।
त्यसैगरी राप्रपाबाटै सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी अनिशा नेपालीले पनि ३ लाख ५० हजार जरिवाना बुझाएकी छिन् । जरिवाना रकम बुझाउने अधिकांशले चुनावमा भएको खर्चभन्दा बढी जरिवाना बुझाउनु परेको गुनासो गरेका छन् । ‘चुनावमा भएको भन्दा बढी रकम बुझाउनु पर्यो । हामीले पनि बुझाउन ढिला गर्यौंँ । आयोगले धेरै रकम तोकेर अन्याय गरेको छ,’ खेमादेवी विष्टले भनिन् ।
तर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल नियम अनुसार नै जरिवाना तोकिएको बताउँछन् । ‘आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले केही गर्न सकेन, मुकदर्शक बन्यो, कठपुतली भयो भन्ने । आज आयोगले कानुन बमोजिम जरिवाना तोक्दा आलोचना किन ?,’ प्रवक्ता पौडेलले प्रश्न गरे ।
उम्मेदवारले उम्मेदवार हुने समयमै आचारसंहिता पालना गर्छु समयमै बुझाउँछु भनेर सही गरेको हुने उनले बताए । ‘अहिले बुझाउन सकिएन, गाह्रो भयो । थाहा थिएन भन्ने कुरा आइरहेको छ । उम्मेदावर हुनेबेलामा सबै पालान गर्छु भनेर सहि गरेको हुन्छ,’ उनले भने, ‘अहिले थाहा थिएन भन्न मिल्दैन । कानुनको अज्ञानता क्षम्य हुँदैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया