जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
नुवाकोट । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्याको आरोपमा रसुवाका एक जना पक्राउ परेका छन्र ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् । उनीसँगै सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ पनि पक्राउ परेका छन् । उनीहरु दुबैलाई सिसिटिभी फुटेजको आधारमा महाराजगञ्ज प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

उनीहरुले प्रहरी कार्यालयमा आगजनी, तोडफोड गर्नुको साथै जवान थापामाथि आक्रमण तथा कुटपिट गरेको भिडियोमा देखिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा जवान थापासँगै महाराजगञ्ज वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो ।
प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । ६ जनामाथि अनुसन्धान जारी छ । अहिले थप दुई जना पक्राउ परेसँगै अब प्रहरी हिरासतमा ८ जना पुगेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण
नेपाली कांग्रेसको १५ औं महाधिवेशन र वर्तमान राजनीतिको यथार्थ
निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज
साधारणसभा सकिएकाे केही घन्टामै शेयरधनीकाे बैंक खातामा लाभांश
बागमतीमा साढे ७ अर्ब बजेट कटौती





प्रतिक्रिया