धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे

विदुर खबर २०८२ कार्तिक १० गते २१:०१

नुवाकोट । दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका स्थित वडा नम्वर-१०मा पर्ने जवाङ्ग मौवाखोला सामुदायिक वन क्षेत्रमा पारिजात संरक्षणको काम सुरु भएको छ ।

Advertisement

पारिजात रातमा फुल्ने निकै बास्नादार फुल हो । यो फुल श्रावण महिनादेखप मंसिरसम्म फुल्ने गर्दछ । धार्मीक रुपमा निकै महत्वपुर्ण मानिएको परिजातको घना जंगल नै भेटिएपछि सो क्षेत्रमा संरक्षण सुरु गरिएको हो ।

डिभिजन वन कार्यालय धादिङले स्थानीय समुदायिक वन उपभोक्ताहरुको सहकार्यमा पारिजात संरक्षण सुरु गरेको हो। जवाङ्ग मौवा खोला समुदायिक वन क्षेत्र मध्य करिव २० हेक्टर क्षेत्रमा पारिजातको जंगल रहेको छ ।

Advertisement

यसरी पारिजातको मात्रै रुख भेटिएको सामुदायिक वन नेपालकै पहिलो भएको दाबी डिभिजन वन कार्यालय धादिङको छ ।

धार्मीक महत्वका साथै औषधीय गुण समेत रहेको पारिजातको यस जंगलको संरक्षण सम्वर्द्धन र प्रचार प्रशार मात्रै सकेको खण्डमा यहाँ प्रकृतीक र सांस्कृतिक पर्यटकहरु ल्याउन सकिने डिभिजिन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनु भएको छ ।

Advertisement

पारिजातको फुल ,पात र बोक्रालाई आयुर्वेद औषधीमा जडिबुट्टीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

पौराणीक ग्रन्थ अनुसार पारिजातको फुललाई समुन्द्र मनथानको क्रममा निश्केको कल्पवृक्षको प्रतिक विरुवा हो भन्ने धार्मिीक विश्वस रहिआएको छ । पारिजातको जंगल संरक्षणसंगै यसलाइ बजारसंग जोड्ने वन कार्यालयको भावी योजना रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया