मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोट । सोमबार रातीदेखि परेको हिउँका कारण मनाङलगायतका हिमाली क्षेत्रमा फसेका नागरिक तथा पर्यटकहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

मनाङको तिलिचो बेस क्याम्प क्षेत्रमा फसेका करिब ७५० जनालाई डिस्याङ गाउँपालिका–९ खाङसारसम्म सुरक्षितरूपमा ल्याइएको छ भने ५० जनालाई त्यही बेस क्याम्पमै सुरक्षित राखिएको छ।
पर्यटकहरूको बस्ने र खानाको व्यवस्था अभाव भएपछि केहीलाई खाङसारमा राखिएको र केहीलाई सुरक्षितसाथ फर्कने व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ।

त्यसैगरी काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय विरेन्द्र रसाइलीलाई तिलिचो ताल भ्रमणबाट फर्कने क्रममा लेक लागेपछि बेहोस भएको अवस्थाबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका सुरक्षाकर्मीहरूले उनलाई स्टेचरमा राखी खाङसार हुँदै हुम्डे स्वास्थ्य चौकीसम्म पुर्याएका हुन्।
मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएपछि उच्च भुभागमा हुने हिमपात वा विपद्का घटनामा उद्धार कार्य सहज र प्रभावकारी बन्दै गएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया