स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
नुवाकोट । काठमाडौँको स्वयम्भूबाट स्रोत नखुलेको करिब ७० लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका मध्ये एक जना चिनियाँ नागरिक र अर्की नेपाली महिला रहेकी छन्। प्रहरीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङको नीलकण्ठ–८ की २२ वर्षीया रोजिना सुनार पक्राउ परेका हुन्।
उनीहरूबाट ६९ लाख ८५ हजार रुपैयाँ नगद र सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले पक्राउ परेकाहरूको स्रोत खुल्न नसकेको रकमबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
“स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ। उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको छ,” — एआईजी कार्कीले भने।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले स्वयम्भू क्षेत्रमा भाडामा कोठा लिएर बस्दै आएका थिए।कोठा खानतलासीका क्रममा सुनका गहना फेला परेको जनाइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया