महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

विदुर खबर २०७९ असोज ३ गते २१:२९

नुवाकोट । नेपाललाई ३-१ ले स्तब्ध पार्दै सोमबार साफ वुमेन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

Advertisement

दर्शकले भरिएको दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशका लागि कृष्णरानी सरकारले दुई गोल गरिन्।

बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौं पल्ट फाइनलमा पराजित रह्यो । महिला फुटबलमा नेपाल दशरथ रंगशालामा पराजित भएको यो पहिलो पल्ट हो ।

Advertisement

खेलको १४औं मिनेटमा साम सुन्नहारले उत्कृष्ट गोल गरिन । सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरेको चौथो मिनेटमा मोनिका चक्माको पासमा ‘फ्लिक’ गर्दै उनले गोल गरेकी हुन् ।

खेलको ३५औं मिनेटमा अनिता केसीको फ्रिकिकमा बंगलादेशी गोलरक्षक रुप्मा चक्माले उत्कृष्ट बचाउ गरिन् । त्यसलगत्तै ४१औं मिनेटमा कृष्णरानी सरकारले दोस्रो गोल थपिन । कप्तान सबिना खातुनले त्यसमा पास उपलब्ध गराइन् ।

Advertisement

नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेटमा एक गोल फर्काइन् । नेपालले दोस्रो हाफमा बंगलादेशमाथि चर्को दबाब सिर्जना गरे पनि ती निर्णायक भएनन् । यसबीच सरकारले ७७औं मिनेटमा आफ्नो दोस्रो गोल थपिन्।

बंगलादेशले नेपाललाई हराएको यो पहिलो पल्ट हो । यसअघि दुई टिमबीचको आठ खेलमा नेपाल अपराजित रहेको थियो । पूरा प्रतियोगितामा अपराजित बंगलादेशले एक गोल मात्र खायो र ‘वास्तविक विजेता’ रह्यो ।

प्रतिक्रिया