गोसाईकुण्ड जाँदा लेक लागेका तीनजनाको उद्धार

विदुर खबर २०७९ साउन २८ गते ११:३६

नुवाकोट । लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

Advertisement

रसुवाको गोसाईकुण्ड गाँउपालिका ५ स्थित गोसाइकुण्ड तिर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरुमा नुवाकोटको ककनी गाँउपालिका ८ बस्ने ४५ बर्षिय नारायण भण्डारी र बिदुर नगरपालिका ११ बस्ने २साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका ३ बस्ने निर्जिव दुवाडी रहेका छन् ।

Advertisement

उनीहलाई सुचना प्राप्त हुने वित्तिकै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।

प्रतिक्रिया