गोसाईकुण्डमा बिरामी परेकी तीर्थयात्रीलाई प्रहरीले बोकेर उद्धार गर्यो
विदुर खबर
२०७९ साउन २७ गते २१:४९
नुवाकोट । रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ मा रहेको गोसाईकुण्डमा धार्मिक यात्राबाट फर्किने क्रममा बिरामी परेकी तीर्थयात्रीको प्रहरीले पिठ्यूँमा बोकेर उद्धार गरेको छ।
शुक्रबार बिहान १०:४० बजेतिर तीर्थयात्राबाट फर्किँदै गरेकी नुवाकोटको ककनी गाउँपालिका–८ की ५० वर्षीया नारायणी भण्डारीको प्रहरीले उद्धार गरेको हो।
उनी तीर्थ यात्राबाट फर्किने क्रममा टाउको दुख्ने, जिउ दुख्ने र रिगाँटा लाग्ने समस्या भएर हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन्।
उनी हिँड्न नसक्ने अवस्थामा पुगेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले पिठ्यूँमा बोकेर लौरी बिनायकसम्म ल्याएको थियो। त्यहाँ रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपछि धुन्चेतर्फ ल्याइएको प्रहरीले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया