एसिया कप छनोटमा नेपालको पहिलो जित
विदुर खबर
२०७५ भदौ १६ गते ११:३३

मलेसियामा भइरहेको एसिया कप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। ३० ओभरमा घटाइएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो।
पहिलो जितपछि नेपालले २ अंक जोडेको छ। सुरुवाती २ खेलमा ओमान र युएईसँग पराजित नेपालको फाइनल पुग्ने सम्भावना भने छँदै छ।
सिंगापुर र हङकङसँग अब नेपालको खेल हुन बाँकी छ।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसिया ९ विकेट गुमाएर १६९ रनमा समेटियो।
नेपालका लागि वसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए। वसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट झारेका थिए। ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राखेर २० रन खर्चिए।
दीपेन्द्रले ५४ रनको योगदान गर्दा आरिफले नटआउट ६४ रन बनाए। अनिल शाहले १६, पारस खड्काले १३ र ज्ञानेन्द्र मल्लले ११ रन जोडे। सागर पुन शून्यमै आउट भए।
सम्बन्धित
प्रतिक्रिया