नेपालको बंगलादेशसँग बराबरी

विदुर खबर २०७९ साउन १७ गते २१:१२

नुवाकोट । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

Advertisement

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो ।प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

Advertisement

त्यसअघि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।  बंगलादेशका सहिदुल इस्लामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले सिधै रातो कार्ड पाएका छन् ।

नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत सिधै रातो कार्ड पाएका थिए । खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् ।

Advertisement

बंगलादेशका कप्तान तनवीरले नेपालका कृतिस रन्त छुन्जुलाई फउल गरेका थिए । त्यसपछि तनवीर सहायक रेफ्रीसँग आक्रोशित रुपमा प्रस्तुत हुँदा नेपालका कप्तान आयुष घलानले उनलाई पेलेका थिए ।  त्यसपछि दुबै टोलीका खेलाडी झगडामा उत्रिएका थिए । दुबै  टोलीका बेन्चका खेलाडी समेत मैदान प्रवेश गरेर झगडा गरेका थिए ।

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ४ खेलमा ७ अंक जोडेको छ ।  नेपाल दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।

अपराजित रहेको बंगलादेशले ४ खेलमा १० अंक जोडेको छ ।

प्रतिक्रिया