रसुवामा एकवर्षमा पाँच हजार आठ सय सवारीसाधन कारबाहीमा

विदुर खबर २०७९ साउन १४ गते ११:५७

रसुवा । जिल्ला ट्राफिक कार्यालय रसुवाले एक आर्थिक वर्षमा सवारीसाधन कारबाहीबाट ६२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

Advertisement

आर्थिक वर्ष ०७८÷७९ मा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधन कारबाहीबाट ६२ लाख ३७ हजार पाच सय रुपँया राजस्व संकलन गरको हो ।

जिल्ला ट्राफिक कार्यालय रसुवाको इन्चार्ज उज्ज्वलकुमार घलका अनुसार जिल्लामा एक वर्षको अवधिमा पाँच हजार आठ सय २६ सवारी कारबाहीमा परेका छन् ।

Advertisement

जिल्लामा गत साउनदखि हाल असार मसान्तसम्ममा ट्राफिक नियम उल्लब्घन गरी कारबाहीमा पर्ने सवारीसाधनमा सबैभन्दा बढी ट्रक रहेका छन् ।

यस्तै, ट्राफिक कारबाहीमा तीन हजार चार सय चार ट्रक, तीन सय ७५ बस, सात सय ३२ कार, जिप, भ्यान, एक सय १२ ट्याक्टर, एक हजार एक सय ५६ मोटरसाइकल, अन्य ४७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । १५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

Advertisement

उक्त दुर्घटनामा महिला दुई र पुरुष दुईले ज्यान गुमाएका छन । ट्राफिक इन्चार्ज घलले अनुसार जनचेतनामुलक सन्देश बाँड्दै इजाजत नभएका व्यक्तिलाई सवारीसाधन चलाउन निषेध गर्ने, सवारीसाधनको क्षमताभन्दा बढी मानिस तथा सामगी नराख्न अनुरोध गर्दै आइरहेको छ ।

यस्तै अनिवार्य रूपमा सिटबेल्ट र हेलमेट प्रयोग गर्न सवारीसाधन चलाउदा मादक पदार्थ सेवन नगरी कम गतिमा चलाउन पुर्ण रूपमा ट्राफिक नियमको पालना गर्न नियमित अनुरोध गरिरहेको छ ।

प्रतिक्रिया