रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद पुनः थप

विदुर खबर २०७९ साउन १० गते ९:४१

नुवाकोट । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद पुनः थप गरेको छ।

Advertisement

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सो आईपीओ यस अघि साउन १० गतेसम्म आवेदन दिन सकिने गरि म्याद थप गरिएको थियो।

कम्पनीले आवेदन दिने म्याद २१ दिन थप गरेको हो। यस अनुसार कम्पनीको आईपीओमा अब साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

Advertisement

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सकिनेछ। निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्। सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया