नुवाकोटे टाइगरलाई चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि
नुवाकोट । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन्।

उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन्। टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन्। टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरैपटक सशक्त प्रहार गरेका थिए।
प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते। उनले उपाधिसहित नगद एक लाख रुपैयाँ प्राप्त गरे। डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन्।
ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्त रुपमा विजेता बने। उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे। उनीहरुले स्पाइडर म्यानको जोडीलाई हराएका थिए।
मिडल वेट म्याचको च्याम्पियन साइन बने। बाकालाई हराउँदै उपाधि जितेका साइनले ९५ हजार रुपैयाँ प्राप्त गरे।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया