नुवाकोट भलिवल संघको अध्यक्षमा पाण्डे दोहोरिए

विदुर खबर २०७९ असार ४ गते २१:४१

नुवाकोट । नुवाकोट भलिवल संघको अध्यक्षमा पुन : सुवास पाण्डे दोहोरिएका छन् ।

Advertisement

संघको पाँचौ अधिवेशनबाट पुन अध्यक्षमा पाण्डे दोहोरिएका हुन् । शनिवार विदुरमा भएको अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा ईश्वरमानसिंह डंगोल र विक्रा थापा चयन भएका छन् भने महासचिवमा वविन श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा राजकुमार शाही चयन भएका छन् ।

Advertisement

त्यस्तै संघको सदस्यहरुमा दिनेश कुमार गुरुङ, दिप श्रेष्ठ, निर्मला अधिकारी र सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।

यस्तै प्रदेश प्रतिनिधिमा सुवास पाण्डे र वविन श्रेष्ठ चयन भएका छन् भने केन्द्रिय प्रतिनिधिमा सुवास पाण्डे नै चयन भएको नुवाकोट भलिवल संघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया