आईसीसीले क्यानको निलम्बन हटायो

विदुर खबर २०७९ असार १ गते १८:५७

नुवाकोट । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको लगाएको निलम्बन पूर्ण रुपमा हटाएको छ ।

Advertisement

क्यानले आईसीसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको मंगलबार जनायो । योसँगै क्यानको निलम्बन पूर्ण रुपमा हटेको छ । यो निर्णयपछि ओडिआई मान्यता प्राप्त एसोसिएट देशले सरह नेपालले आर्थिक अनुदान र गतिविधि गर्न पाउने क्यानले जानकारी गरायो ।

सर्शत फुकुवाको कारण क्यान आईसीसीसँग निर्भर रहँदै आएको थियो । यसअघि आइसिसीले क्यानलाई सिमित मात्रमा बजेट दिँदै आएको थियो । आईसीसीकै प्रत्यक्ष संलग्नतामा क्यानको निर्वाचन भएपछि निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार बनेको थियो । त्यसपघि आईसीसीले सशर्त फुकुवा गरेको थियो ।

Advertisement

सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभिन्न विषय देखाउँदै आईसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो । २०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि विवाद सुरु भएको थियो । पुषमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यान पूनर्गठन गरेपछि विवादले नयाँ रुप लिएको थियो ।

निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आईसीसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि पटक पटकको पहल आईसीसीले सल्लाहकार समितिमार्फत क्यानको विधान तयार पारेको थियो । उक्त विधानलाई पास गर्न क्यानको विशेष साधारण सभा दुई पटक सम्म बसेको थियो ।

Advertisement

नयाँ विधान अनुसार ५ सदस्यीय स्वतन्त्र समिति बनाउँदै आईसीसीले क्यान निर्वाचनको वातावरण तयार पारेको थियो । जिल्ला, प्रदेश हुँदै असोज ११ गते क्यानको केन्द्रको निर्वाचन पछि निलम्बन फुकुवाको सम्भावना बढेको थियो । पूर्ण रुपमा फुकुवा नहुँदा क्यान आईसीसीमा निर्भर रहँदै आएको थियो ।

प्रतिक्रिया