रसुवामा अज्ञात व्यक्तिको लास भेटियो
विदुर खबर
२०७९ जेठ १८ गते १०:१७

रसुवा । रसुवामा अज्ञात एक पुरुषको लास भेटिएको छ ।

रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ खाल्चेत कालिका गाउँपालिकाको सिमाना घट्टे खोलामा अज्ञात व्यक्तिको लास भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
स्थानियले घाँस काट्न जाँदा गनाएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिलले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाइ रहेको छ । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया