‘नुवाकोटे टाइगर’ वडा सदस्यमा विजयी

विदुर खबर २०७९ जेठ १० गते ११:१७

नुवाकोट । स्थानीय तह सदस्य निर्वाचनमा नुवाकोटमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङ विजयी भएका छन्।

Advertisement

उनले शिवपुरी गाउँपालिका-६ मा उल्लेख्य मतल्याई वडा सदस्यमा विजय प्राप्त गरेका हुन्। तामाङले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट वडाध्यक्ष विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए। तामाङले नेपाली कांग्रेसका अभियान आचार्यलाई २ सय ४१ मतको मतान्तरले पारजित गरेका हुन्।

यस्तै वडाध्यक्ष पदमा श्रेष्ठले ७ सय ६१, महिला सदस्यमा भगवती बुढाथोकीले ७ सय ७०, दलित महिला सदस्यमा जानुका नेपालीले ७ सय ६० र खुल्ला सदस्यमा विशाल थापाले ७ सय ११ मत प्राप्त गरी विजयी भएका थिए।

Advertisement

पद तथा गोपनियताको सपथग्रहण गर्दै उनले गाउँपालिकाको कार्यालय शेराबगरमा गाउँवासीको आदेश अनुसार शिवपुरीको विकासका लागि नियमित रुपमा क्रियाशील हुने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया