रसुवाको आमाछोदिङ्मो १ मा एमालेको प्यानलनै विजयी

विदुर खबर २०७९ वैशाख ३१ गते ११:१३

नुवाकोट । रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर १ नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

Advertisement

केहीवेर अघि सम्पन्न भएको मतगणनामा एमालेको तर्फबाट वडाध्यक्षमा साङ लामा तामाङको प्यानल नै बिजयी भएको हो ।
मतपरिणाम अनुसार उनले २ सय ९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेद्धवारले २ सय ४८ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेद्धवारले २ सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया