रसुवामा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

विदुर खबर २०७९ वैशाख २१ गते २०:३०

नुवाकोट । रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

Advertisement

दुई पार्टीबीच बुधबार भएको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने सहमति गरेको हो।  बैठकले गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका आसोम तामाङले माओवादी केन्द्रका फुर्पू तेन्जेन तामाङलाई समर्थन गर्ने निर्णय गरेको छ।

यस्तै वडा नम्बर ३ गत्लाङमा वडा सदस्यमा माओवादी केन्द्रका पास्कल तामाङले एकीकृत समाजवादीका नुर्पू तामाङलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ। 

Advertisement

केन्द्रका अनुसार बैठकले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र उपाध्यक्षलाई विजयी गराउन तथा वडा नम्बर ३ मा वडाध्यक्ष विवेक तामाङ र केन्द्रका वडा सदस्यहरू कामी नाक्पो तामाङ, महिला सदस्य फुर्पु देजी तामाङ, दलित सदस्य परि विक र समाजवादीको तर्फबाट वडा सदस्यका उम्मेदवार नुर्पू तामाङलाई विजयी गराउन संयुक्त चुनावी परिचालन गर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया