रसुवामा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन
नुवाकोट । रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

दुई पार्टीबीच बुधबार भएको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने सहमति गरेको हो। बैठकले गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका आसोम तामाङले माओवादी केन्द्रका फुर्पू तेन्जेन तामाङलाई समर्थन गर्ने निर्णय गरेको छ।
यस्तै वडा नम्बर ३ गत्लाङमा वडा सदस्यमा माओवादी केन्द्रका पास्कल तामाङले एकीकृत समाजवादीका नुर्पू तामाङलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बैठकले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र उपाध्यक्षलाई विजयी गराउन तथा वडा नम्बर ३ मा वडाध्यक्ष विवेक तामाङ र केन्द्रका वडा सदस्यहरू कामी नाक्पो तामाङ, महिला सदस्य फुर्पु देजी तामाङ, दलित सदस्य परि विक र समाजवादीको तर्फबाट वडा सदस्यका उम्मेदवार नुर्पू तामाङलाई विजयी गराउन संयुक्त चुनावी परिचालन गर्ने निर्णय गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया