रसुवामा मतपत्र आइपुग्यो
नुवाकोट । स्थानीय तह निर्वाचनका लागि रसुवा जिल्लामा शनिबार मतपत्रसहितको निर्वाचन सामग्री आइपुगेको छ ।

नेपाली सेनाको सुरक्षामा स्थलमार्ग हुँदै मतपत्र ढुवानी गरेर जिल्लामा ल्याइएको हो ।
रसुवा जिल्लाको लागि ४५ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । जिल्लामा आइपुगेको मतपत्र पहिला रुजु गरिने छ । ‘रुजु गर्ने काम सकिएपछि मतदान केन्द्रको मतदाता संख्या अनुसार पोको पारेर मतपत्र छुट्याइने छ । त्यसपछि मतदान अधिकृतको जिम्मामा निर्वाचन सामाग्रीसहित मतपत्र मतदान केन्द्रमा पठाइने छ’, नेपालले भने ।
जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ५६ महिला मतदाता रहेका छन् । त्यस्तै ३४ मतदानस्थल र ५१ मतदान केन्द्र रहेको छ ।
मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले बताए ।
जिल्लामा आइपुगेका निर्वाचन सामाग्रीहरुमा मतपत्र, मतपेटिका, मतदाता नामावली, मसी, स्वस्तिक छाप, रबर म्याट, सियो–धागो, लाहा छाप, क्याल्कुलेटर, घडीलगायतका निर्वाचनको लागि चाहिने सम्पूर्ण सामाग्री रहेका छन् । ‘
छिटफुट बाहेका सम्पूर्ण सामाग्री आइसकेको छ,’ उनले भने । निर्वाचन सामग्री पोका बनाइ तयारी अवस्थामा राख्ने काम पनि भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया