रसुवामा गठबन्धन तोडिएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता

विदुर खबर २०७९ वैशाख १३ गते ९:१०

रसुवा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रसुवा जिल्लाको पाँच वटै गाउँपलिकामा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

उम्मेदवारी दर्ता गर्न दलका नेताहरु विभिन्न झाँकी जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मनोनयनको दोस्रो दिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा, राप्रपा नेपाल लगायत दलका उम्मेदवारकाे मनोनयन दर्ता भएका छन् ।

रसुवामा गठबन्धन तोडिएपछि यी दलहरुले छुट्टाछुट्टै उम्मेदवार दर्ता गराएका हुन् । निर्वाचन कार्यालयमा १८ दल दर्ता भएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ५६ महिला मतदाता छन् । ३४ मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।

Advertisement

प्रतिक्रिया