शिवपुरी गाउँपालिकामा वडाकप फुटबल प्रतियोगिता सुरु

विदुर खबर २०७८ फागुन १३ गते २१:५६

शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

Advertisement

शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएको पहिलो दिनको खेलमा वडा नंं २ र वडा नंं ५ ले विजयी सुरुवात गरेका छन् । शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको पहिलो खेलमा वडा नं ४ लाई वडा नंं २ ले २–० ले पराजित गरेको छ । वडा नंं २ का लागि खेलको ३५ औं मिनेटमा अनमोल तामाङ र ५९ औं मिनेटमा मिङ्मार तामाङले गोल गरेका थिए । समूह ए मा रहेको वडा नं. २ ले यो जीतसँगै वडा नंं २ ले ३ अंक जोडेको छ ।

त्यस्तै अर्को खेलमा वडा नंं ५ ले वडा नंं ३ लाई २–१ ले पराजित गर्न सफल भयो । वडा नं. ५ का लागि खेलको ४६ औं मिनेटमा रोशन थापा र ६१ औं मिनेटमा शैलेन्द्र खड्काले गोल गरे । वडा नंं ३ का लागि एक गोलको खेलको ७० औं मिनेटमा रमेश तामाङले गरे । जीतसँगै समूह बी मा रहेको वडा नंं ५ ले पनि ३ अंक जोडेको छ ।

Advertisement

त्यस्तै पहिलो दिनको अन्तिम खेलमा वडा नंं ७ र वडा नंं १ ले गोलरहित बराबरी खेलेका छन् ।

खेल सुरु हुनु अघि प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरी गाउँपालिकामा फुटबलले राम्रो चर्चा पाएको भन्दै अन्य खेलहरुलाई नि प्रोत्साहन गर्ने बताए । विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले अब शिवपुरीमा महिला फुटबल खेलाडीहरुको पनि खोजी हुने बताइन् ।

Advertisement

उद्घाटन कार्यक्रममा नेकपा एमाले शिवपुरी गाउँ संगठन कमिटि अध्यक्ष विष्णु श्रेष्ठ, नेपाली कांग्रेसका शिवपुरी गाउँ कार्यसमिति सभापती कविराज गुरुङ लगायतका अन्यको उपस्थिती थियो ।

प्रतिक्रिया