रसुवामा १५ सय भन्दा बढी कोरोना संक्रमित निको भए
विदुर खबर
२०७८ माघ २५ गते २१:१४
रसुवा । रसुवामा १५ सय भन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा हालसम्म १५ सय ४० जना संक्रमित निको भएका छन् । रसुवामा हालसम्म १ हजार ६ सय १२ जनामा कोरोना पुष्टि भएको थियो ।
जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७० पुगेको छ । कार्यालय अनुसार कालिका गाउँपालिकामा ३६, गोसाइकुण्डमा ८, उत्तरगयामा २४ र नौकुण्डमा २ संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ५ हजार ३ सय ६७ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ७ सय ५५ नेगेटिभ र १ हजार ६ सय १२ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया