रसुवामा कोरोना संक्रमित बढ्दै

विदुर खबर २०७८ माघ १३ गते २१:५८

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४८ पुगेको छ ।

Advertisement

बिहीबार २१ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १ सय ४८ पुगेको हो । 

स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा ७१, गोसाइकुण्डमा २७, उत्तरगयामा ४२, नौकुण्डमा ६ र आमाछोदिङ्‍मिोमा २ जना संक्रमित रहेका छन् ।  सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् । 

Advertisement

रसुवामा हालसम्म १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ६३ जना निको भएका छन् ।

जिल्लामा हालसम्म ५ हजार ५ सय ८१ वटा स्वाव संकलन गरिएकोमा ४ हजार ६८ नेगेटिभ र १ हजार ५ सय १३ पोजेटिभ आएको थियो । 

Advertisement

प्रतिक्रिया