रसुवामा सुख्खा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते
विदुर खबर
२०७८ माघ १२ गते १९:०७

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्य्ु भएको छ ।

एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् ।
पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।
उनीहरू दुबै जना सडकमा ग्याविन वाल लगाउने काम गरिरहेका वडाध्यक्ष टासी छोवाङ तामाङले बताउनुभयो ।
सम्बन्धित
प्रतिक्रिया