रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २८ पुग्यो
विदुर खबर
२०७८ माघ ४ गते २१:४८
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २८ पुगेको छ । मंगलबार १३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या २८ पुगेको हो ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा २०, गोसाइकुण्डमा २ र उत्तरगयामा ६ जना संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ३ सय ६१ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ३१ जना निको भएका छन् । जिल्लामा हालसम्म ४ हजार ८ सय ८७ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ५ सय २६ नेगेटिभ र १ हजार ३ सय ६१ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया