रसुवागढी नाकाबाट दुई वर्षदेखि विदेशी पर्यटक आएनन्
नुवाकोट । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवाको रसुवागढीबाट दुई वर्षदेखि पर्यटक आगमन ठप्प रहेको छ ।

कोरोना भाइरस सङ्क्रमण जोखिमपछि रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटक आगमन ठप्प भएको हो । नाकाबाट मानिसको आवतजावतमा रोक लगाइएको छ । सन् २०२० पछि नाकाबाट पर्यटकको आगमन नभएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो ।
‘२०२० जनवरीपछि नाकाबाट पर्यटक आएका छैनन्’, उहाँले भन्नुभयो, ‘नाकाबाट मानिसको आवतजावत खुला गरेपछि मात्र पर्यटक आउने क्रम सुरु हुनेछ ।’
रसुवागढी अध्यामगन कार्यालयको तथ्याङ्क अनुसार सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४७८, सन् २०१८ मा २९ हजार १ सय ५४ र सन् २०१९ मा ३१ हजार १ सय ३५ पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए । २०१५ अप्रिलदेखि नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना २ सय ९१ पर्यटक आएका थिए । त्यसयता पर्यटकको आगमन निरन्तर बढ्दै गएको थियो । सन् २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक पनि आउन थालेका थिए ।
रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाण्डौ, पोखरा तथा लुम्बिनी जाने गर्थे । नाकाबाट आउने पर्यटकमध्ये झण्डै ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका थिए । चीन, सार्क देश अफगानिस्तानबाहेक अन्य देश र १० वर्षमुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन् ।
कार्यालयको तथ्याङ्क अनुसार कोभिड–१९ सुरु हुनुपूर्व ५२ वटा देशका पर्यटक रसुवागढी नाका हुँदै नेपाल भित्रिएका थिए । जसमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड जर्मनी, इटली, फ्रान्स र अष्ट्रेलियाका नागरिकको सङ्ख्या बढी थियो । नाकाबाट विदेशी पर्यटक भित्रिँदा नेपाल तथा चीनका व्यवसायीलाई फाइदा पुग्ने गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया