बट्टार युथ क्लबको अध्यक्षमा सुरज श्रेष्ठ

विदुर खबर २०७८ पुष ११ गते ११:०४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको बट्टारमा रहेको बट्टार युथ क्लबको अध्यक्षमा सुरजप्रसाद श्रेष्ठ चयन भएका छन् ।

Advertisement

शनिवार भएको क्लबको साधारणसभाले अध्यक्षमा श्रेष्ठलाई निर्विरोध रुपमा चयन गरेको हो । यस्तै क्लबको उपाध्यक्षमा सरोज श्रेष्ठ, सचिबमा सनिश अधिकारी, सह– सचिवमा साफी खान र कोषाध्क्षमा दिलकुमारी गिरि निर्वाचित भएका छन् ।

यस्तै क्लबका सदस्यहरुमा विकाश अर्याल, रामेश्वर पाण्डे, बिनोदराज अधिकारी, किरण जीसी, उशनमान श्रेष्ठ, लोकेश प्रधान, सन्तोष अधिकारी र रबिन्द्र चालिसे रहेका छन् ।

Advertisement

यस्तै अन्य सदस्यहरुमा मनोज तामाङ्ग, नबराज तामाङ्ग, कृष्ण लक्ष्मी मास्के, सुबिना श्रेष्ठ, उर्मिला श्रेष्ठ रहेका छन् ।

वि.स २०५७ सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया