नुवाकोटमा भोलिदेखि जिल्ला लिग हुने

विदुर खबर २०७८ पुष ६ गते २०:१२

नुवाकोट । नुवाकोटमा भोलिबाट जिल्ला लिग शुरु हुने भएको छ ।

Advertisement

नुवाकोट फुटवल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका १० क्लबले सहभागी जनाउने नुवाकोट फुटवल संघले जानकारी दिएको छ ।

लिगमा सहभागी क्लबलाई दुई समुहमा विभाजन गरि प्रतियोगिता संचालन गरिने नुवाकोट फुटवल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

Advertisement

समुह (ए) न्यु भिजन युथ क्लब, कोलनी युथ सर्कल, पिपलटार फुटवल क्लब, देविघाट जालपा क्लब र न्यस्टार क्लब रहेका छन् ।

यस्तै समुह (बि) मा डिफेन्डीङ च्याम्पीयन नुवाकोट युनाइटेड फुटवल क्लबसहित थ्रिडी युवा क्लब, तप्त युवा क्लब, युनिक वाइन स्पोटर्स क्लब र म्यागङ गाउँपालिका युवा क्लबको सहभागिता रहेको छ ।

Advertisement

समुहको शीर्ष दुईमा पुग्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता आगामी पुष १६ गतेसम्म सचालन हुने नुवाकोट फुटवल संघले जानकारी दिएको छ ।

यसअघि गत वर्ष सम्पन्न भएको जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटवल क्लबले हात पारेको थियो ।

प्रतिक्रिया