साफ यू-१९ महिला च्याम्पियनसिप : आज भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त
नुवाकोट । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।
नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । समान अंक भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ । भारत भने दुई जित र १ हारबाट ६ अंकसहित तेस्रो स्थानमा छ । भारत पछिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिप सुरुवात गरेको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल पराजित गर्दै फाइनल दाबेदार पेस गरेको थियो ।
भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । यदि नेपालले भारतलाई पराजित गरेमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनल पुग्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया