नुवाकोटमा शनिवारदेखि जिल्ला लिग छनौट फुटवल प्रतियोगिता हुने

विदुर खबर २०७८ मंसिर २४ गते २१:२७

नुवाकोट । नुवाकोटमा भोलिदेखि अर्थात मंसिर २५ गते शनिवारदेखि जिल्ला लिग छनौट फुटवल प्रतियोगिता हुने भएको छ ।

Advertisement

नुवाकोट फुटवल संघका अनुसार जिल्ला छनौट प्रतियोगितामा ११ क्लबले प्रतिष्पर्धा गर्नेछन । जिल्ला लिग छनौटको अन्तिम दुईमा पर्ने टिमले जिल्ला लिगमा सहभागीता जनाउने छन् ।

जिल्ला लिग छनौट प्रतियोगितामा सहभागी भएका ११ क्लबहरुलाई दुई समुहमा विभाजन गरि नकआउट प्रतिष्पर्धा गराइनेछ ।

Advertisement

प्रतियोगिताको अन्तिम दुईमा पर्ने क्लबले गतवर्ष सम्पन्न भएको भएको जिल्ला लिगको अन्तिम ८ मा परेका क्लबहरुसँग जिल्ला लिगमा प्रतिष्पर्धा गर्नेछ ।

गतवर्ष नुवाकोटमा भएको जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटवल क्लबले उचालेको थियो ।

Advertisement

प्रतिक्रिया