यी हुन रसुवा हाँक्ने एमालेका पाँच कमाण्डर

विदुर खबर २०७८ कार्तिक ११ गते १९:०१

नुवाकोट । रसुवाका पाँचवटै गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ ।

Advertisement

मंगलबार भएको अधिवेशनले जिल्लाका पाँचवटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।अधिवेशनले कालिका गाउँपालिका अध्यक्षमा टीका देवकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा विक्रम लोप्चन तथा उपसचिवमा दावा लाक्पा तामाङ र हरिमाया अधिकारी पौडेललाई चयन गरेको छ ।

गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा दावामिङमर तामाङ, उपाध्यक्षमा कामीनुर्वु तामाङ, सचिवमा दावासिदार वाइवा, उपसचिवमा उर्केन तामाङ र प्रतिमा लामा चयन हुनुभएको छ ।

Advertisement

यस्तै उत्तरगया गाउँपालिका अध्यक्षमा टुकु सुवेदी, उपाध्यक्षमा मार्सिङ तामाङ, सचिवमा बासुदेव न्यौपाने, उपसचिवमा सुमन आचार्य र आयुषा गुरुङ चयन हुनुभएको छ ।

आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षमा फुर्पुसिङ्गी तामाङ, उपाध्यक्षमा ल्हाक्पा गोम्बो तामाङ, सचिव सितेम्बा तामाङ, उपसचिवमा पेम्बा छिरिङ तामाङ र बहादुर तामाङ चयन भएका छन् ।

Advertisement

प्रथम अधिवेशनबाट नौकुण्ड गाउँपालिकामा अध्यक्षमा हितबहादुर न्यौपाने, उपाध्यक्ष चन्द्र तामाङ, सचिव कार्बो थोक्रा, उपसचिव सिर्जना लामा र पेम्बा नेगी चयन हुनुभएको छ ।

प्रतिक्रिया