रसुवामा पर्यटक भित्रन थाले
नुवाकोट । पर्यटकीय सिजन सुरु भएसँगै रसुवाका पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्रने क्रम सुरु भएको छ ।

जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा दैनिक २ सय ५० जनाको हाराहारीमा पर्यटक गइरहेका छन् । आएका पर्यटकमध्ये धेरैजसो नेपाली छन् । थोरै संख्यामा विदेशी पर्यटक पनि आएका छन् । पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
जिल्ला भित्रिएका पर्यटकहरू गोसाइँकुण्ड तथा लाङटाङ गइरहेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ । विश्वव्यापी फैलिएको कोराेनाका कारण लामो समय पर्यटन तथा होटल व्यवसाय सञ्चालन हुन सकेको थिएन ।
मुख्य सिजनमा केही पर्यटक आउने गरेका भए पनि पछिल्लो समय पर्यटकको आगमन घटेको थियो । आएका पर्यटकमध्ये सबैभन्दा धेरै गोसाइँकुण्डमा र केही पर्यटक लाङटाङ लगायत अन्य पर्यटकीय क्षेत्रमा पुग्ने गरेका छन् ।
क्यान्जिनका होटल व्यवसायी ग्याल्बु तामाङका अनुसार दैनिक ८० जनासम्म पर्यटक लाङटाङ गइरहेका छन् । जिल्लामा आउने पर्यटकहरू लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथली लगायतका क्षेत्रमा जाने गरेका छन् ।

सामूहिक रुपमा घुम्न मन पराउने युवाहरु न्युनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन् । स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् ।
काठमाडौंबाट नजिक भएको, सबैतिर फोन सम्पर्क हुने, आपतकालीन अवस्थामा हेलिकप्टर सर्भिस पनि भएको, इन्टरनेटको पनि पहुँच भएको र एकदम सुरक्षित पदमार्ग भएका कारण पर्यटकको आगमन बढ्न थालेको संघका अध्यक्ष निशान गजुरेलले बताउनुभयो । ‘लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा छाएको थियो’, ‘उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाली पर्यटक बढेपछि व्यवसायीमा आशा पलाएको छ ।’
पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिक स्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया