रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्यो

विदुर खबर २०७८ असोज १४ गते १८:०९

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घटेको छ ।

Advertisement

पछिल्लो केही दिनयता थोरै संख्यामा  मात्र नयाँ संक्रमित थपिएका कारण सक्रिय कोरोना संक्रमितको संख्या घटेको हो । हाल जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ४ छ । 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका थिए । 

Advertisement

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा चार जना संक्रमित रहेका छन् । चारै जना संस्थागत आइसोलेसनमा बसेका छन् । 

रसुवामा हालसम्म १ हजार २ सय ९८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार २ सय ९२ जना निको भएका छन् ।

Advertisement

जिल्लामा हालसम्म ४ हजार ६ सय ३८ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ३ सय ४१ नेगेटिभ र १ हजार २ सय ९८ पोजेटिभ आएको थियो । 

प्रतिक्रिया