मैलुङ स्याफ्रु सडक एक साताभित्र सञ्चालनमा आउने
नुवाकोट । रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रु सडक एक साताभित्र सञ्चालनमा आउने भएको छ ।
बर्खाको कारण गएको असार १ गतदेखि अवरुद्ध भएको सडक एक साताभित्र सञ्चालनमा ल्याउन लागिएको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार सडक खुलाउनका लागि काम अघि बढिसकेको छ ।

मैलुङदेखि स्याफ्रुबेसीसम्मको सडकमा झरेको पहिरो हटाउने, ठुलाठुला ढुंगा फुटाउनका लागि ब्लाष्टिङ गर्ने, नदी कटान गरेको क्षेत्रमा नयाँ बाटो बनाउने लगायतका काम गर्नुपर्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । स
डक खण्डको चार ठाउँमा ब्लाष्टिङ गर्नुपर्ने देखिएको छ । ‘ब्लाष्टिङ गर्नुपर्ने क्षेत्रमा होल खोप्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘ब्लाष्टिङको लागि स्वीकृति आउन बाँकी छ ।’ स्वीकृति आउना साथ ब्लाष्टिङ सुरु हुने छ ।
ब्लाष्टिङको कार्य सकिएपछि पहिरो हटाउने तथा नदीले कटान गरेको क्षेत्रमा नयाँ बाटो बनाउने काम अघि बढ्ने उहाँले बताउनुभयो ।
त्यसैगरी योजनाको अनुरोधमा माथिल्लो त्रिशूली एक (२१६) जलविद्युत् आयोजनाले त्रिशूली खोलामा बेलीब्रिज हालिसकेको छ । सडक सञ्चालनमा ल्याएपछि स्तरोन्नतिको कामले निरन्तरता पाउने छ ।
बर्खाको कारण सडकको विभिन्न स्थानमा पहिरो गएको र जोखिम बढेका कारण गएको जेठ अन्तिमबाट स्तरोन्नतिको काम रोकिएको थियो ।
बर्खा अगाडि ग्याबिन लगाउने, सडक चौडा गर्ने, पर्खाल लगाउने काम भइरहेको थियो ।
हालसम्म यो सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ । यो सडक खण्डको स्तरोन्नतिको काम गएको तिहार पछि सुरु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया