रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्यो

विदुर खबर २०७८ असोज ७ गते २०:२७

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घटेको छ ।

Advertisement

पछिल्लो केही दिनयता थोरै संख्यामा  मात्र नयाँ संक्रमित थपिएका कारण सक्रिय कोरोना संक्रमितको संख्या घटेको हो । हाल जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ३ छ । 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका थिए । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २ र उत्तरगयामा १ जना रहेका छन् ।

Advertisement

संक्रमितमध्य १ जना संस्थागत र २ जना होम आइसोलेसनमा बसेका छन् । 

रसुवामा हालसम्म १ हजार २ सय ९५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार २ सय ९० जना निको भएका छन् ।

Advertisement

जिल्लामा हालसम्म ४ हजार ६ सय २६ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ३ सय ३१ नेगेटिभ र १ हजार २ सय ९५ पोजेटिभ आएको थियो । 

प्रतिक्रिया