कांग्रेस नेतृ अमात्यद्धारा नुवाकोट युनाइटेड फुटवल क्लबलाई ट्रयाकसुट वितरण
नुवाकोट । नेपाली कांग्रेसकी महिला नेतृ तथा नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गिता अमात्यले काठमाण्डौमा जारी सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता खेल्न जान लागेको नुवाकोट युनाइटेड फुटवल क्लबलाई ट्रयाकसुट वितरण गरेकी छिन् ।

विहिबार बट्टारमा आयोजित विदाई कार्यक्रममा अमात्यले नुवाकोट युनाइटेड फुटबल क्लबका खेलाडी तथा पदाधिकारीहरुलाई समेत गरेर ३० ओटा ट्रयाकसुट वितरण वितरण गरेकी हुन् । उनले नुवाकोटको फुटवललाई अगाडी बढाउन नुवाकोट युनाइटेड फुटवल क्लबको ठुलो भुमिका रहेकोले खेलाडीलाई प्रोत्साहन गर्न आफुले व्यक्तिगत खर्चमा क्लबलाई ट्रयाकसुट वितरण गरेको बताए ।
यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ३ का वडा वडाध्यक्ष बद्री रिमालले युवाको टिमको साथले क्लबलाई थप बलियो बनाएकोले उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे ।

वितरण गरिएकाे ट्रयाकसुट करिव २ लाख मुल्य बराबर रहेकाे बताइएकाे छ ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवत्ता राजु थापा, नुवाकोट जेसिस वर्ष २०२१ की अध्यक्ष अञ्जली पाण्डे, नुवाकोट उद्योग वाणिज्य संघका सदस्य गगन लामा लगायतको उपस्थिति रहेको थियो ।

नुवाकोट युनाइटेड फुटबल क्लबले प्रतियोगिताको पहिलो खेल असोज ९ गते गोकर्णश्वर फुटबल क्लबसँग खेल्नेछ भने दोस्रो खेलमा अमरसिंह क्लबवीच असोज १३ गते प्रतिष्पर्धा गर्नेछ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया