कोरोनाका कारण भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द
विदुर खबर
२०७८ भदौ २५ गते १४:१३
नुवाकोट । पाँचौं तथा अन्तिम आईसिसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको खेल कोरोना भाइरसका कारण रद्द भएको छ ।
शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसिसीले जनाएको छ । आईसिसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ ।
हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसिसीले बताएको हो ।
यस घिका चार टेस्टमा भारतले २-१ को अग्रता बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो । तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो ।
यसअघि भारतले अस्ट्रेलियालाई समेत टेस्टमा पराजित गरेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया