भारतविरुद्ध नेपालको सम्भावित ‘प्लेइङ सेट’ !
नुवाकोट । आगामी साफ च्याम्पियनसिपको तयारीस्वरुप आज नेपाल र भारतले मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
विहीबार दशरथ रंगशालामा दक्षिण एसियाका दुई चिरपरिचित टोली आमने-सामने हुन लागेका हुन् । खेल दशरथ रंगशालामा साढे ५ बजे सुरु हुनेछ । दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा २० भदौमा आइतबार हुनेछ ।
दक्षिण एसियाली साफ च्याम्पियनसिपको तयारी भए पनि दुबै टोलीको लडाई फिफा वरीयता सुधार गर्नु हुनेछ । फिफा मान्यता पाएको यो दुई खेलको नतिजाले वरीयतामा समेत प्रभाव पार्नेछ ।
फिफा वरीयताले आगामी महिना हुने एसिया कपको तेस्रो चरणको तालिका सार्वजनिकमा समेत समस्या आउनेछ । त्यसैले यो खेल एक मैत्रीपूर्ण मात्रै नभएर, प्रतिष्ठा र फिफा वरीयतामा माथिल्लो स्थान पाउने लडाईसमेत हो । हाल फिफा वरीयतामा भारत १०५औं स्थानमा छ भने नेपाल १६८औं स्थानमा छ ।
नेपाली टोली कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा छ भने छिमेकी भारत क्रोयसियन प्रशिक्षक इगोर स्टिम्याकको प्रशिक्षणमा छ ।
भारतलाई सिनियर र अनुभवीसहित युवा खेलाडीको साथ छ । यता, नेपाली टोलीमा पनि केही अनुभवीसहित युवा खेलाडीको वर्चश्व छ ।
खेलअघि ‘प्रि म्याच’ पत्रकार सम्मेलनमा बोल्दै दुबै टोलीका प्रशिक्षक र कप्तानले एक अर्काविरुद्ध जित निकाल्न खेल्ने बताए । घरेलु ५ हजार १ सय दर्शकसमक्ष भारत केही दबाबमा हुनेछ ।
भारतविरुद्ध नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाहले केही ‘सरप्राइज’ समेत हुन सक्ने बताएका छन् । उनले भारतको वरीयता नहेर्ने र जित्नको लागि खेल्ने बताए ।
आफ्नो आगमनसँगै युवा खेलाडी योजना बनाएका अब्दुल्लाहले भारतविरुद्ध युवा खेलाडीलाई खेलाउने सम्भावना छ । नेपाल आएपछि ४ मात्रै खेल हेरेका प्रशिक्षक अब्दुल्लाहले ‘प्लेइङ सेट’ ठ्याक्कै यहीँ भनेर भन्न सकेका छैनन् ।
तर उनले केही संकेत भने गरेका छन् । भारतविरुद्ध नेपाली टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ले गोलपोष्टको जिम्मेवारी लिने छन् । यदि नेपालले खेलमा गोल संख्या बढाएको अवस्थामा दोस्रो हाफमा विशाल श्रेष्ठको करिब एक दशकपछि राष्ट्रिय टोलीबाट ‘डेब्यु’ हुन सक्नेछ ।
यता, डिफेन्स लाइनमा भने नियमित रोहित चन्द उपलब्ध हुने छैनन् । जाकर्ता पुगेका रोहितको स्थान दिनेश राजवंशीले लिन सक्छन् । ‘राइट’ तथा ‘लेफ्ट’ ब्याक दुबैमा पोख्त दिनेशले आवश्यकताअनुसार सेन्टर ब्याक पनि खेल्न सक्छन् ।
अन्य डिफेण्डरमा भने सुमन लेफ्ट ब्याक रहँदा राइटमा गौतम श्रेष्ठ रहनेछन् । सेन्टर ब्याकमा सदाबहार अनन्त तामाङ हुनेछन् ।
आवश्यकताअनुसार पुजन उपर्काेटी सेन्टर ब्याक झर्न सक्छन् । यद्यपि केही माथि चढेर पनि पुजन खेल्ने सम्भावना छ । यद्यपि पुजनको प्लेइङमा सम्भावना देखिँदैन ।
यस्तै मिडलाइनमा तेज तामाङ र सन्तोष तामाङ रहने सम्भावना छ । लामो प्रहार (सट) र होल्डिङ बलका लागि दुबै खेलाडी परिचित छन् । मिड लाइनको दायाँ र बायाँ क्रमशः मनिष डांगी र अन्जन विष्ट खेल्ने सम्भावना छ । मनिषको स्थानमा सुनिल बलकोसमेत उत्तिकै सम्भावना छ ।
यता, नेपालको अट्याकमा भने सुमन लामा र नवयुग श्रेष्ठ रहने छन् । सुमन १०औं खेलाडी रहँदा नवयुग श्रेष्ठ ११औं खेलाडीको रुपमा हुनेछन् ।
पुनरागमन गरेका सुजल श्रेष्ठ, विशाल राई, पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलेलगायतका खेलाडी भने परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गर्न सक्छन् ।
सम्भावित नेपाली टिम :
गोलरक्षक : किरण कुमार लिम्बु,
डिफेण्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ
मिडफिल्डर : अन्जन विष्ट, सन्तोष तामाङ, तेज तामाङ, मनिष डांगी
स्ट्राइकर : सुमन लामा, नवयुग श्रेष्ठ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया